म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको २५औ बार्षिक साधारण सभा तथा ९औ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन ।
श्रावण ३१ काठमाडौँ – आज मिति २०८२ साल श्रावण ३१ गते शनिबारको दिन म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको २५औ बार्षिक साधारण सभा तथा ९औ महाधिवेशन सम्पन्न भएको छ । बेनी नगरपालिका वडा नं ३ भकिम्ली म्याग्दी (हाल ललितपुर महानगरपालिका १४ नाखिपोट) का कमलराज पुनको अध्यक्षतामा उपाध्यक्षमा मनबहादुर पुन, महिला उपाध्यक्षमा गाजुली पाइजा, सचिप हेम पाइजा, सह–सचिव देव पुन, कोषाध्यक्ष रुक राम्जाली, सह–कोषाध्यक्ष दम पुन समेत रहेको २१ सदस्यिय नयाँ कार्यसमिति सर्बसम्मतले चयन भएको छ ।

अधिवेशनको उद्घाटन गदैं प्रमुख अतिथि पुर्व अध्यक्ष तुलप्रसाद पुनले म्याग्दीबाट विभिन्न कारणले काठमाण्डौ उपत्यकामा बसोबास गर्ने मगर समुदायले स्थापना गरेको संस्था मार्फत रचनात्मक कार्यहरु भएको बताउनुभयो । उहाँले समाज मार्फत जातिय पहिचान सहित विभिन्न सामाजिक तथा खेलकुद गतिविधि समेत सञ्चालन गरिएको बताउनुभयो । सोही अवसरमा पुर्व अध्यक्ष टंकप्रसाद बुढाथोकीले मगर लगायतले मन्तब्य राख्नुभएको थियो । साधारणसभाको स्वागत सहित मगर समुदायका बारेमा पुर्ब उपाध्यक्ष डा. प्रतिभा पुनले जानकारी गराउनुभएको थियो । साथै नवनिर्वाचित अध्यक्ष कमलराज पुनले नयाँ कार्यसमितिलाई बधाई दिनुका साथै आगामी दिनमा आफु र आफ्नो टिमले गर्ने नयाँ कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो ।





Best wishes all members